स्थापना भएको ४ वर्ष कटिसक्दा समेत प्रदेशको नाम तथा स्थायी राजधानी टुंगो लगाउन नसकेको प्रदेश २ को नाम मधेश प्रदेश राखे आफुहरुको समर्थन रहने माओवादी केन्द्रका प्रदेश सांसदले बताएका छन् ।
प्रदेशसभाको आज सम्पन्न ८ औ अधिवेशनमा बोल्दै माओवादी केन्द्रका प्रदेश सांसद जगत यादवले प्रदेश २ को नाम मधेश प्रदेश राख्न माग गरेका हुन् ।
माओवादी केन्द्रको प्रदेश २ का संसदिय दलका उपनेतासमेत रहेका यादवले प्रदेशको नामाकरण पहिचानसहितको हुनुपर्ने बताउँदै मधेश नाम राख्न प्रस्ताव समेत गरे ।
मधेश आन्दोलनताका मधेशकै नाममा सयौं मधेशी सहिद भएको भन्दै सांसद यादवले प्रदेश २ को नाम मधेश प्रदेश राखे मात्रै सहिदहरुको आत्माले शान्ती पाउने बताए । यादवले प्रदेशको राजधानी जनकपुरधाम हुनपर्नेमा समेत जोड दिए ।