जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आगामी स्थानिय, प्रदेश र केन्द्रको जनप्रतिनिधि हुन पार्टीबाट उम्मेदवार बन्नेहरुको आर्थिक हैसियत तोकेका छन् ।
हिजोदेखी ढल्केवरमा जारी जनमत पार्टीको बिस्तारीत बैठकको आज समापन गर्दै डा.राउतले तह अनुसार आर्थिक हैसियत भएकालाई मात्र चुनाव लडाउने योजनाका सांथ आर्थिक हैसियतको रेखा तोकेका हुन् ।
चुनाव लड्न सांगठनिक, व्यक्तगत छवीका सांथै आर्थिक रुपमा पनि सबल हुनुपर्ने भन्दै राउतले सोहि अनुसारको अर्थ व्यवस्थापको श्रोत देखाउनुपर्ने नियम बनाएका हुन् ।
उनले प्रतिनिधिसभा, प्रदेशसभा, स्थानिय निकायका प्रमुख लगायत वडाध्यक्ष समेतको उम्मेदवार हुने पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आर्थिक व्यवस्थापनमा जुट्न निर्देशन समेत दिएका छन् ।
बिचार मात्रैले निर्वाचन जित्त नसकिने निर्णयका सांथ जनमत पार्टीले उम्मेदवार हुनेहरुले निम्नअनुसारको न्युनतम आर्थिक श्रोत देखाउनुपर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा सदस्य– ५० लाख
प्रदेशसभा सदस्य– २५ लाख
पालिका प्रमुख– १२ देखि १५ लाख
वडाध्यक्ष– २ लाख ५० हजार