पछिल्लो २४ घण्टामा देशभर २८० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
कुल ११ हजार ९९४ जनामा परीक्षण गरर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३०० संक्रमित निको भएका छन भने सोही अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ५६३५ जना सक्रिय संक्रमित रहेका छन् ।