मंगलबार सर्किट लाग्ने गरि बढेको शेयर बजार बुधबार करिब स्थिर जसो रहेर थामिएको छ ।
उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंकले करेक्सन भएर २४ सय २४ कायम भएर थामियो । बुधबार पनि कारोबार सुरु भएदेखि उच्च दरले उकालो लागेर २५ सय नजिक पुगेर झरेको हो ।
यस दिन कारोबार पनि केही सुधारिएर साढें ४ अर्ब माथि पुग्यो । यस दिन पनि बढीजसो समूह हरियो रहे । यस दिन ८ वटा समूह उकालो लाग्दा ५ वटा समूह ओरालो लागेका हुन् ।
यस दिन होटल तथा पर्यटन, जीवन बीमा, अन्य र लघुवित्त समूह दोहोरो अंकले ओरालो लाग्दा वाणिज्य बैंक समूह पनि सामान्य अंकले ऋणात्मक रह्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २८ कम्पनीको ९८ लाख ७९ हजार कित्ता शेयर ४ अर्ब ५९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।