नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रूपैयाँ तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको बिहीबारको मूल्य प्रतितोला ९२ हजार ५०० छ जसको मूल्य बुधबार प्रतितोला ९१ हजार ८०० तोकिएको थियो ।
बिहीबार चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा २५ रुपैयाँले बढेको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २३५ मा कारोबार भइरहेको छ ।