कांग्रेस महामन्त्रीको मत परिणाममा पछि परेपछि रक्षामन्त्रीबाट मिनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका छन् ।
कांग्रेस महामन्त्रीको २१२० मतगणनामा हुँदा उनी पाँचौं नम्बरमा छन् । उनले ३६५ मत ल्याएका छन् ।
महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको र अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्ने उनले जानकारी दिएका छन् ।
उनले लेखेका छन्ः
नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
२१२० मतगणनामा
गगनकुमार थापा १३८५
विश्वप्रकाश शर्मा ८५१
प्रकाशशरण महत ६९८
प्रदिप पौडेल ६२१
मिनेन्द्र रिजाल ३६५
राजाराम कार्की ५९