क्रिकेट एसोसिएसन नेपाल (क्यान) ले नेपाली राष्ट्रिय टोलीका ४ खेलाडीलाई गरेको अनुसाशनको कारवाही फिर्तालिन चौतर्फी दवाव परेको छ ।
राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल लगायत तिन खेलाडीले क्यान बिरुद्ध मिडियामा बयान दिएको भन्दै उनिहरुमाथी अनुसासनको कारवाही गरिएको हो ।
क्यानले कप्तान मल्ल सहित उप कप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको छ । कप्तान मल्ल र उप कप्तान ऐरीलाई पदबाट समेत बर्खास्त गरिएको छ ।
क्यानको बोर्ड बैठकले हिजो अनुसासन उलंघन बारे छानबिन गर्न गठिट समितिको सिफारीश बमोजिम चारैजना खेलाडीहरुमाथी कारवाही गरेको क्यानका कार्यवाहक सचिव प्रसान्त विक्रम मल्लले जनाए ।
क्यानको निर्णय ठिक नभएके भन्दै कारवाही फिर्ता लिन चौतर्फि दवाव परेको हो । क्रिकेटका फ्यानहरुले देशलाई क्रिकेटमा अघि बढाईरहेका उत्कृष्ट खेलाडीहरुलाई क्यान भित्र भएको बेथिती बारे बोलेकै बहानामा निलम्बन गरिनु अन्यायपुर्ण रहेको भन्दै कारवाही फिर्ताए लिन माग गरिरहेका छन् । सामाजिक सञ्जालहरुमा क्यानबारे आक्रोस समेत व्यक्त भईरहेको छ ।
यता वैकल्पिक युवा संगठन नामक एक समुहले क्यानले तत्कालै आफ्नो गैरजिम्मेवार निर्णय सच्याएर खेलाडीहरूलाई पुनर्बहाली गर्दै उनिहरुसंग माफी माग्न माग माग गरेको छ । समुहका महासचिव अशोक खड्काले एक प्रेस विज्ञप्ती जारी गर्दै त्यस्तो माग गरेका हुन् ।