अबदेखी नेपालको सबैभन्दा ठुलो विरगञ्ज ड्राईपोटमा उनलाई माध्यमबाट भन्सार महसुल भुक्तानी हुने भएको छ ।
विरगञ्जस्थित सुख्खा बन्दरगाह (ड्राईपोट) अन्य मुलुकबाट आएको सरसामानमा लाग्ने भन्सार शुल्कको भुक्तानी डिजिटली प्रविधिबाट अनलाईन गर्न मिल्ने व्यवस्था सुरु भएको हो ।
अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभागको पहलमा पहिलो पटक विरगञ्ज ड्राईपोटमा अनलाईन प्रविधिमार्फत डिजिटल वालेट र विभिन्न पेमेन्ट गेटवेबाट सहजै भुक्तानी गर्न मिल्ने व्यवस्था सुरु भएको हो ।
विरगञ्ज उधोग वाणिज्य सङघले हिजो आयोजना गरेको एक कार्यक्रममा उक्त सेवाबारे जानकारी गराईएको हो ।
अनलाईन मार्फत महसुल भुक्तानी गर्दा व्यवसायीहरुको समयको बचत हुनुको सांथै झन्झटीलो प्रकृयाबाट व्यापारीहरुले उन्मुक्ति पाउने व्यापारीहरुले बताए ।
कार्यक्रममा बोल्दै विरगञ्ज उधोग वाणिज्य सङघका अध्यक्ष डा.शुबोध गुप्ताले देशको मुल भन्सारमा आधुनिक प्रबिधिहरुको प्रयोगले व्यवसाय जगतलाई टेवा पुग्ने बताएका थिए । उनले भन्सारलाई थप प्रविधि मैत्री बनाउंदै लैजान भन्सार विभागलाई सुिझाव समेत दिएका थिए ।
कार्यक्रममा विरगञ्ज क्षेत्रका व्यापारी, भन्सार विभागका आईटी प्रमुख मोहन खजुम चोङ्गवाग, विरगञ्ज ड्राईपोट भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्री लगायत भन्सार ऐजेण्टहरु सहभागी थिए ।