पछिल्लो २४ घण्टामा १८४ कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
७ हजार २३० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १६० जना र ३ हजार ७८८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २४ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २६७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।
यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५६७ पुगेको छ ।
यसैगरी देशभर हालसम्म पाँच हजार ५२६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार ५६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।