निर्वाचन आयोगले आगामी राष्ट्रियसभा निर्वाचनका लागि मतदाता संख्या र मतदान केन्द्र तोकेको छ ।
आयोगले विहीबार विज्ञप्ति जारी गर्दै प्रदेश २ मा दुईवटा मतदान स्थल र अन्य प्रदेशमा एक एक मतदानस्थल रहने जनाएको छ । त्यस्तै १४ वटा मतदान केन्द्र रहने जनाएको छ।
आयोगले राष्ट्रियसभा निर्वाचनका लागि २०२५ जना मतदाताको नामावली स्वीकृत गरेको छ । राष्ट्रिय सभामा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्यले मतदान गर्छन् । तर स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार र प्रदेशसभा सदस्यको मतभार भने फरक हुन्छ ।