नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत आरक्षणतर्फको सह–महामन्त्री पदका लागि भएको मतदानको मतगणना जारी छ ।
पछिल्लो मत परिणाम अनुसार सभापतीमा निर्वाचित शेरबहादुर देउवा प्यानलबाट थारु तथा मुस्लिम क्लष्टरबाट लडेका उमाकान्त चौधरी र फरमुल्लाह मंसुर जिततर्फ अग्रसर भएका छन ।
कााग्रेसको निर्वाचन समितिका अनुसार थारु तर्फको १७७७ मत गणना हुंदा उमाकान्त चौधरीले ९८३ मत पाएका छन भने उनका प्रतिद्धन्दी तजुलाल चौधरीले ७६९ मत पाएका छन् ।
त्यस्तै मुस्लिमतर्फ १२५८ मत गणना हुंदा फरमुल्लाह मंसुरले ७२३ तथा शेख वकिलले ५२९ मत पाएका छन् ।
बारा निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा निर्वाचित उमाकान्त चौधरी नेपाल सिरकारको खानेपानी मन्त्री समेत हुन ।
कृष्णप्रसाद सिटौला समुहबाट देउवा प्यानलमा भाग पाएर लडेका चौधरी यसअघी स्वास्थ्य मन्त्री भईसकेका छन् ।
बारा जिल्लाकै क्षेत्र नं.३ बाट प्रतिनिधिसभामा पराजित भएका फरमुल्लाह मंसुर पनि मन्त्री भईसकेका व्यक्ती हुन् । उनि यसअघी वातावरण तथा प्रवृधी मन्त्री भएका थिए ।