प्रमुख विपक्षी नेकपा एमाले सर्वदलिय बैठकमा सहभागी नहुने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार बोलाएको सर्वदलीय बैठकमा एमालेले सहभागी नहुने भएको हो।
आफ्नो पार्टीले कारबाही गरेका व्यक्तिहरूले दर्ता गरेको दल नेकपा (एकीकृत समाजवादी) अवैध रहेको र उक्त दल सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले बताए।
प्रधानमन्त्री देउवाले संसद्को अवरोध हटाउने तथा एमसिसी लगायतका विषयमा छलफल गर्न भोलि सर्वदलीय बैठक बोलाएका छन्।