प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् ।
संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि छलफल गर्न प्रधानमन्त्री देउवाले आज दिउँसो ४ बजे सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको उनको भनाइ छ ।प्रधानमन्त्री देउवाले यसअघि संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलगरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।