बालबालिकालाई लक्षित गरी आजबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ ।
मन्त्रालयले आइतबारदेखि देशका ५७ जिल्लामा कोरोनाविरुद्धको मोडर्ना खोप अभियान सुरु गरेको हो । मन्त्रालयले १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।
यस खोप अभियान पुस १४ गतेसम्म चल्नेछ । पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउने मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार देशका ५७ जिल्लाका पाएक पर्ने विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको छ ।
प्रदेश नं १ ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर गरी ११ जिल्ला प्रदेश नं २ सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा गरी पाँच जिल्ला बागमती प्रदेश दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, रामेछाप, नुवाकोट र मकवानपुर गरी सात जिल्लामा खोप लगाइँदैछ ।
यस्तै, गण्डकी प्रदेश गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङजा र पर्वत गरी नौ जिल्ला लुम्बिनी प्रदेश रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया गरी नौ जिल्ला कर्णाली प्रदेश डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान गरी नौ जिल्लामा पनि खोप लगाइनेछ ।
सुदूरपश्चिम प्रदेश बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर गरी सात जिल्लामा अहिलेसम्म नेपालमा ३६ लाख ५१ हजार दुइ सय मोर्डना खोप आइसकेको छ ।