रामपुरमा एक जना युवकको आफैँले कुलोमा लगाएको करेन्टमा परेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामपुर–६, विजयपुरका ३५ वर्षीय विजय पौडेल रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
शनिबार साँझ घर नजिकैको कुलोमा माछा मार्नका लागि थापेको करेन्टमा परेर गम्भीर घाइते भएका पौडलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुलोमा चढ्ने क्रममा लडेर पौडेल करेन्ट भएको कुलोमा परेर गम्भीर घाइते भएपछि उपचारको लागि रामपुर अस्पताल ल्याइएको थियो । तर, चिकित्सकले मृत घोषित गरेका गरेका थिए ।
प्रहरीका अनुसार घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको छ ।