नेपाली जाली नोट सहित २ जना भारतिय पक्राउ परेका छन् ।
सर्लाहीको मलंगवाबाट सिमावर्ती भारतिय शहर सोनवर्षा जानलागेका मोटरसाईकल सवार २ भारतिय नागरिकलाई एक हजारका १ सय १५ थान जाली नोट सहित प्रहरीले पक्राउ गरेको हो ।
ससस्त्र प्रहरीवल सर्लाहीले शंकाको आधारमा चेकजाँच गर्ने क्रममा भारतको बिहारको सितामढी जिल्लाको सोनवर्षा ग्रामपञ्चायत चिलरी गाउँका ३७ वर्षिय सुरेन्द्र महतो र सोनवर्षा ग्रामपञ्चायत लालबन्दी गाउँका ४८ वर्षिय प्रमोद कुमारलाईे पक्राउ गरेको हो ।
मलंगवाबाट बि आर ३० वाइ ४१३९ नम्बरको मोटरसाइकलमा सोनवर्षा जानलागेका दुबैलाई भन्सार कार्यालय अगाडी चेकजाँच गर्दा जाली नोट सहित सशस्त्र प्रहरीले पक्राउ गरेको एसपी खनियाँले जनाए ।
आशंकाको आधारमा मोटरसाईकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलको डिकी र सिटको बिचमा एक हजारका १ सय १५ वटा नेपाली जाली नोट बरामद भएकाएसपी खनियाँले बताए । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।