प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
सत्ता गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको हो । बैठकमा संसद अवरोध र एमसीसीका विषयमा छलफल हुनेछ ।
बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, (नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सहभागी छन् ।
प्रतिपक्षी दल एमालेले भने बैठकमा सहभागी छैन ।