नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिला खुलातर्फको मतगणना जारी छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव एवं अधिवक्ता जगन्नाथ श्रेष्ठका अनुसार सोमबार बिहान १० बजेदेखि पुनः मतगणना सुरु भएको हो ।
आइतबार राती पनि केन्द्रीय सदस्य (महिला खुला) र (महिला मधेसी) तर्फको मतगणना भएको थियो ।
हालसम्म कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सबैभन्दा बढी मत पाएकी छन् ।
१३६४ मतगणना हुँदा डिला संग्रौलालले ८२५ मत, दोस्रोमा पुष्पा भूसालले ८०२ र आरजु राणाले ७२८ मत पाएकी छन् ।
यसैगरी अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईं ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत पाएकी छन् ।
आज महिलाको चार र मधेसी खुला र महिलाको तीन समूहमा मतगणना भइरहेको छ ।
कांग्रेसको खुला महिलातर्फ नौ पदका लागि ३० प्रतिस्पर्धी हुनुहुन्छ । यसैगरी महिला मधेसीतर्फ चार पदका लागि पाँच प्रतिस्पर्धी छन् ।
कांग्रेस केन्द्रीय सदस्य मधेसी (खुला) पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा छन् ।