कैलालीका अर्जुन दासको शव उठाइएको छ। शनिबार सामुदायिक वनमा मृत फेला परेका जिल्लाको जानकी गाउँपालिका–९ का २५ वर्षीय दासको शव परिवारले तीन दिन पछि उठाएका हुन्।
दासका परिवारले हत्यारालाई कारबाही नगरे सम्म शव नउठाउने हडान लिएका थिए । तर प्रहरी प्रशासनलाई दबाब दिन ललित परियारको संयोजकत्वमा संघर्ष समिति गठन गरेपछि अर्जुनको शव सोमबार उठाइएको हो ।
शुक्रबार साँझ घरबाट निस्किएका दास शनिबार बिहान टाउको छेदन गरेर रुखमा बाँधेको अवस्थामा भेटिएका थिए ।
घटनाको जिम्मेवारी लिएको टेलिफोन संवाद सार्वजनिक भइसकेको भन्दै स्थानीय वासिन्दा र आफन्तले त्यसै अडियो संवादको आधारमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् । प्रहरीले हत्याको आशंकामा एक जनालाई पक्राउ गरिसकेको छ।