नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले एकपछी अर्को मधेसवादी नेताहरुलाई पार्टीमा भित्राउँदै मधेसमा एमालेको मजबुती मजबुत पार्ने अभियान जारी राखेका छन् ।
विगतमा एमालेलाई मधेसविरोधी पार्टी भन्ने नेताहरु नै एकाएक एमालेमा प्रवेश गर्न थालेपछी पुर्वदेखी पश्चिम मधेसमा एमालेको उपस्थिती मजबुत हुनेभएको छ ।
एमाले अध्यक्ष ओलीले आज कपिलवस्तुका प्रभावशाली नेता मंगलप्रसाद गुप्तालाई पार्टीमा प्रवेश गराउंदैछन् ।
आज अपराह्न कपिलवस्तुको वहादुरगञ्जमा पुगेर ओलीले नेता गुप्ता सहित उनका समर्थकहरुलाई एमालेमा प्रवेश गराउन लागेका हुन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सदस्य रहेका नेता गुप्ता कपिलवस्तुका प्रभावशाली नेता मानिने गरिएका छन् ।
२०७४ सरालको आम निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट को प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवार भएका गुप्ता १६ हजार मत प्राप्त गरी दोस्रो स्थानमा रहेका थिए ।
उनलाई राप्रपा हुंदै फोरमबाट नेपाली कांग्रेस छिरेका अभिषेकप्रताप शाहले पराजित गरेका थिए । गुप्ता सो बखत जसपाबाट चुनाव लडेका थिए ।
यसअघी ओलिले पश्चिमका अर्का प्रभावशाली नेता पशुपती दयाल मिश्रालाई एमालेमा प्रवेश गराईसकेका छन् ।
पश्चिमी मधेसमा तुलनात्मक रुपमा कमजोर रहेको एमालेलाई बांकेका मिश्रा र कपिलबस्तुका गुप्ताले उचांईमा पुर्याउने एमाले नेताहरुको विश्वास छ ।
पुर्वि नेपालको खासगरी प्रदेश २ मा आफ्नो मजबुत पकड बनाईसकेको एमालेलाई पश्चििमी मधेसमा समेत अब चर्चित अनुहारहरु भेटिएका छन् ।
पश्चिममा ओलिलाई हृदेश त्रिपाठीले गठन गरेको जनता प्रगतिशिल पार्टी र पुर्वमा डा.सिके राउतको जनमत पार्टी तथा महन्थ ठाकुरको लोसपासंग गठबन्धन हुने अपार सम्भावना समेत छ ।
यसरी एकपछी अर्का मधेसवादी नेताहरु एमालेमा प्रवेश गर्ने लहर चलेपछी मधेसको राजनिती गर्ने जसपा र लोसपा रित्तिने भएका छन् ।
दुबै पार्टीका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेपछी पुर्वदेखी पश्चिमसम्म मधेसवादको नाममा गरिने राजनितीलाई ठुलो धक्का पुग्ने रानकारहरु बताउंछन् ।