प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेदेखि सुरु भएको छ ।
तर, बैठकमा एमाले सांसदले बैठक अवरोध गरेका छन् । उनीहरूले संसदमा नाराबाजी गरिरहेका छन् ।
एमालेको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक अगाडि बढाएका छन् ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले यौनहिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ ।