गुजरात एटीएस र कोस्ट गार्डले ४०० करोड भारुको लागुऔषधसहित ६ पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।
गुजरात एटीएस र कोस्ट गार्डले विगत केही महिनादेखि सौराष्ट्र र कच्छमा स्थानीय माछा मार्नेहरूको आडमा लागुऔषध तस्करीको रिपोर्टमा खोजी अभियान चलाइरहेका थिए । लागूऔषध माफियाले गुजरात हुँदै भारतमा लागुऔषधको खेप ओसारपसार गर्न खोजेको खबर आएको थियो ।
त्यसपछि संयुक्त टोलीले समुन्द्रमा अपरेशन गरी अल हुसेन नामको डुङ्गासहित ७७ केजी लागुऔषधसहित ६ जना पाकिस्तानीलाई पक्राउ गरेको हो ।
गुजरात एटीएस र कोस्ट गार्डले पछिल्लो डेढ वर्षमा ८ वटा ड्रग्स कन्साइनमेन्ट समातेका छन् ।
हालसम्म पक्राउ परेको लागूऔषधको मूल्य २००० करोडभन्दा बढी हो । गुजरात एटीएसका अनुसार, पाकिस्तानले पहिले कश्मीर र पञ्जाबको सडक हुँदै भारतमा लागूपदार्थ पठाउने गर्दथ्यो ।