विवेकशील साझा पार्टीले पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
अध्यक्ष रवीन्द्र मिश्रले मंगलबार पत्र लेख्दै संयोजक पाण्डेलाई पार्टीबाट निष्कासन गरेका हुन् ।
यसअघि मिश्रले पाण्डलेलाई स्पष्टीकरण सोधेका थिए । तर, स्पष्टीकारण चित्तबुझ्दो नभएको कारवाही गरिएको पत्रमा उल्लेख छ ।
पाण्डले पार्टीको निर्णण् र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण आरोप लगाएको र समानान्तर समिति घोषणा गरेको मिश्रले पत्रमा उल्लेख गरेका छन् ।
साथै, पार्टीको ना, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित सामाग्री प्रयोग नगर्न र गरेमा कारवाही गरिने पाण्डेलाई चेतावनी दिइएको छ ।