इजरायलले ओमिक्रोन भेरियन्टबाट हुने नयाँ संक्रमणको लहरका कारण कोभिड १९ खोपको चौथो डोज दिने पहिलो देश बन्ने योजना बनाएको जनाएको छ ।
इजरायलका इपिडिमियोलोजिस्टहरुले ६० बर्ष भन्दा माथिका मानिसहरु र स्वास्थ्यकर्मीहरुलाई चौथो बुस्टर डोज दिनका लागि सिफारिस गरेका छन् । योजनाको स्वागत गर्दै प्रधानमन्त्री नफ्ताली बेनेटले अधिकारीहरुलाई यसका लागि तयारी गर्न निर्देशन दिएका छन् । मंगलबार इजराइलमा ओमिक्रोन भेरियन्टका कारण पहिलो बिरामीको मृत्यु भएको पत्ता लाग्दा यो निर्णय आएको हो । स्वास्थ्य मन्त्रालयका रिर्पोटका अनुसार इजरायलमा ओमिक्रोन भेरियन्टका कम्तिमा ३४० ज्ञात केसहरु रहेको छन् ।
चौथो बुस्टर डोज ल्याउने निर्णय विचाराधीन रहेको बेला प्रधानमंत्री बेनेटको कार्यालयले बीबीलाई भने तेस्रो डोजको कम्तिमा चार महिनापछि प्रशासनले चौथो डोजलाई अनुमति दिने अपेक्षा गरिएको छ । महामारीसँग लड्न इजरायलले नोभेम्बरमा पाँच बर्षभन्दा माथिका बालबालिकालाई पनि खोप लगाउन सकिने घोषणा गरेको थियो ।