भारत बिहारका पूर्व मुख्यमन्त्री जीतनराम मांझीको जिब्रो टोक्नेलाई ११ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्ने भाजपाका नेता गजेन्द्र झालाई पार्टीबाट निलम्बन गरिएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार उनलाई पार्टीबाट निलम्बन गर्दै भाजपाले पार्टी हाईकमान्डलाई आगामी १५ दिनभित्र यसबारे स्पष्टीकरण दिन आग्रह गरेको छ । हालै एक कार्यक्रममा पूर्वमुख्यमन्त्री मांझीले ब्राह्मण समुदायको बारेमा बोलदा अपमानजनक शब्द प्रयोग गरेका थिए । यसबारे स्पष्टीकरण दिँदै मांझीले आफुले ब्राह्मण समुदायका लागि होइन, आफ्नो समुदायका लागि उक्त शब्द प्रयोग गरेको र यसका लागि आफूले माफी पनि मागेको बताए ।
हिन्दुस्तान टाइम्स अखबारले लेखेको छ कि भाजपाका मधुबनी जिल्ला अध्यक्ष शंकर झाले गजेन्द्र झालार्य पार्टीको निर्णयको बारेमा भनेका छन् , "तपाईको हालैको बयानले पार्टीलाई चोट पुर्याएको छ । तपाईलाई तत्काल प्रभावबाट पार्टीबाट निष्कासन गरिएको छ ।"
मांझी हिन्दुस्तान अवाम मोर्चा बिहारको गठबन्धन सरकार , राष्ट्रिय प्रजातन्त्रका अध्यक्ष हुन् ।