प्रदेश २ प्रदेशसभाको आठौ अधिवेशन जारी छ । यसै अधिवेशनबाट प्रदेशको नाम तथा स्थायी राजधानी निर्धारण गर्ने सत्ताको नेतृत्वकर्ता जनता समाजवादी पार्टी नेपाल (जसपा) ले छलफल थालेको छ ।
प्रदेश गठन भएको साढे चार वर्ष सकिन लाग्दा समेत नाम तथा राजधानीको निधो नहुंदा सरकारको औधी आलोचना हुनेगरेको पाईन्छ ।
तर प्रदेशसभाको आठौ अधिवेशनबाट नाम तथा स्थायी राजधानिको टुंगो लगाउने मनसायका सांथ सत्तारुद्ध र विपक्षी दल लागिपरेका छन् ।
जसपाले प्रदेश २ को नाम ‘मधेस प्रदेश’ र स्थायी राजधानी जनकपुर राख्ने प्रस्तावलाई मुर्त रुप दिन अन्य दलहरुसंग छलफल गरिरहेको छ भने प्रमुख प्रतिक्षी दल लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) ले समेत सोही नाम र राजधानीमा सहमती जुटाउन वार्ता टोली नै गठन गरेको छ ।
लोसपाले नेतृ रानी शर्मा तिवारीको संयोजकत्वमा ७ सदसिय वार्ता टोली गठन गरेको छ । उक्त टोलीलाई प्रदेश २ मा प्रतिनिधित्व गर्ने अन्य दलहरुसंग छलफल गरेर ‘मधेस प्रदेश’ र जनकपुर राजधानीका लागी सहमती जुटाउने जिम्मा दिईएको छ ।
यता सरकारको नेतृतव गरिरहेको जसपाले नाम र राजधानीका लागी औपचारीक रुपमै संवाद थालेको छ । जसपा नेता सुरेश मण्डलको टोलीले हिजो नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकिकृत समाजवादी) संग औपचारीक संवाद गरेको हो ।
नेकपा माओवादीका प्रदेश सांसदहरुले यसअघी प्रदेशसभामै मधेस आन्दोलनको मर्मलाई आत्मसात गर्दै प्रदेशको नाम ‘मधेस प्रदेश’ राख्न आग्रह गरिसेको छ ।
प्रदेश २ मा सत्तामा रहेका जसपा र माओवादी तथा विपक्षमा रहेको लोसपाले ‘मधेस प्रदेश’ तथा जनकपुरमा एकमत देखिएका छन भने, सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस, र नेकपा (एकिकृत समाजवादी) तथा बिपक्षमा रहेको नेकपा एमाले हालसम्म नाम तथा राजधानीको विषयमा अनिर्णित छन् ।