अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् ।
मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हुम्लाको खार्पुनाथमा हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
गत मंसिर २९ गतेराति आफ्नै घरमा बसिरहेका बेला केटीका माइती पक्ष आएर कुटपिट गरेपछि घरबाट निस्किएका उनी बेपत्ता भएका थिए ।
मुगु जिल्लाको सोरु गाउँपालिका–४, लिप्रु गाउँकी रमिला मल्ल (सुन्तली) र हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–१, जैरनात्तागाउँका दलित किशोर चन्द्रे कामीबीच भागी विवाह भएको थियो । केटीका माइती पक्षले केटाको घरमा आएर कुटपिट गरी बेपत्ता पारेको थियो ।
के थियो घट्नाः