नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।
प्रेस चौतारी कैलालीले बुधबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उनले सापकोटाले सभामुखका रुपमा नभई कुनै पार्टीको दूतको रुपमा काम गरेका कारण संसदको गतिरोध अन्त्य हुन नसकेको बताए ।
‘नेकपा एमालेले उठाएका माग सम्बोधन गरिनुपर्छ भनेर हामीले संसदमा विरोध जारी राखेका छौं,’ सचिव भट्टले भने, ‘तर सभामुुखले सभामुखको रुपमा नभएर पार्टीको विशेष दूत बनेर काम गरिराखेका छन् । संसदीय मर्यादा कसरी कायम राख्ने रु कसरी चलाउने भन्ने ज्ञान समेत उहाँमा छैन ।’
सचिव भट्टले दल विभाजन अध्यादेश ल्याएर पार्टी फुटाई गलत नजीर स्थापित गरिएको पनि टिप्पणी गरे ।