नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ अध्यक्षमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ विजयी भएका छन्।
सहमतिबाट नेतृत्व छान्ने प्रयास असफल भएपछि बुधबार अबेर भएको चुनावबाट उनी अध्यक्ष निर्वाचित भएका हुन्।
मिक्सोले १६९ मत प्राप्त गरी मुक्सामहाङ सुब्बा लिम्बू ‘मुकेश’लाई पराजित गरेका हुन्। मुकेशले ६४ मत प्राप्त गरे।
माओवादी केन्द्र प्रदेश १ को तीन उपाध्यक्षका लागि भएको निर्वाचनमा मणिकुमार साम्पाङ १११ मत प्राप्त गर्दै विजयी भएका छन् । देवान चाम्लिङ १२० र शिवकुमार डाँगीले पनि ११३ मत ल्याउदै उपाध्यक्षमा विजयी भएका छन् ।
त्यस्तैगरी सचिवका लागि भएको निर्वाचनमा गणेश उप्रेती (सुशील)ले १४८ प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत प्राप्त गरेका थिए ।
सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३र ऋषिराम ढुंगाना ९५ विजयी भएका छन्। कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी ‘गगन’ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरिन्।
९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० मतदाता थिए । जसमा २९ जनाले उम्मेदावरी दिएका थिए । त्यस्तै १९ जना मतदानमा सहभागी भएका थिएनन् ।