विवेकशील साझा पार्टीकी बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेकी छन् ।
बिहीबार पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै उनले आफू पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको बताएकी छन् ।
उनले भनेकी छन्, ‘म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्याधिक फोहोर गरिरहेको छ जुन मैले सफा गर्ने कोसिस पनि गरें तर पूर्ण रूपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिन ।’
उनले वि.सं. २०७० बाट राजनीतिक यात्रा सुरू गरेकी थिइन् । राजनीतिक यात्रामा कैयौं उताव–चढावहरु आएको र जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको भन्दै उनले भनेकी छन्, ‘तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ ।’