प्रदेश २ मा जारी प्रदेशसभाको ८ औ अधिवेशनमा प्रदेशको नाम तथा राजधानी प्रस्ताव गरिएको छ ।
यसै अधिवेशनबाट प्रदेशको नाम तथा राजधानी टुंगो लगाउने भनिएपनी सत्तारुढ दलमै फुट देखिएपछी नाम तथा राजधानी टुंगो लाग्ने आसार देखिदैन ।
सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) ले प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर राख्ने प्रस्ताव गरेको छ । सरकारको घटक नेकपा माओवादी केन्द्रले समेत सोही नाम तथा राजधानीको प्रस्ताव गरेको छ ।
जसपाबाट सरकारमा मन्त्री रहेका शैलेन्द्र साह र माओवादीबाट भरत साहले नाम तथा राजधानीको प्रस्ताव गरेका हुन् ।
नामबारे सतरुढ दलमै फुट देखिएको छ । नेपाली कांग्रेसले मिथिला भोजपुरा प्रदेश प्रस्ताव गरेको छ । कांग्रेसका बैधनाथ चौधरीले सो नामको प्रस्ताव गरेका हुन् । कांग्रेसकै राजेश्वर प्रसाद साहले मध्य मधेश प्रदेश नाम प्रस्ताव गरेका छन ।
त्यस्तै सत्ताकै अर्को घटक नेकपा एकिकृत समाजवादीले प्रदेशको नाम जानकी प्रदेश प्रस्ताव गरेको छ ।