चिट चोर्न नदिएको भन्दै शिक्षक कुट्ने काठमाडौँको आरआर क्याम्पसका विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् ।
गएको मङ्गलवार परीक्षामा चिट चोर्न नदिएको भन्दै स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले शिक्षक प्रकाश पुडासैनीलाई आक्रमण गरेका थिए ।
आक्रमणबाट शिक्षक पुडासैनी घाइते हुनुभएको थियो । त्यही घटनालाई लिएर आज बिहीवार क्याम्पस प्रशासनले विज्ञप्ति निकाल्दै ती विद्यार्थीलाई क्याम्पसबाट निष्कासित गरिएको जनाएको हो ।