बलिबुड अभिनेत्री सुस्मिता सेनले आफ्नो प्रेमी रोहमन शालसँग अलग भएको घोषणा गरेकी छिन् ।
यद्यपी उनले दुवै एकअर्काका साथी रहने बताएका छन् ।बिहीबार उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा रोहमन शालसँगको तस्बिर सेयर गरेकी हुन् । यहाँ उनले दुवैको रिलेशनशिप समाप्त भएको लेखेकी छिन् । उनले लेखेकी छिन्, "हामी साथी बनेर सुरु गरेका थियौँ,साथी नै रहन्छौँ । हाम्रो सम्बन्ध टुट्यो तर माया भने अझै पनि बाँकी नै छ ।"
रोहमन शालले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा यही पोस्ट सेयर गरेका छन् । सन् १९९४ को मिस युनिभर्स रहेकी सुस्मिता सेन पछिल्लो तीन बर्षदेखि रोहमन शालसँग रिलेशनशिपमा थिइन् । तर, पछिल्लो केही दिनदेखि यी दुवैको ब्रेकअफ भएको हल्ला चलिरहेको थियो । चलचित्र अभिनेत्री सुष्मिता सेन एकल अभिभावक हुन् । उनले दुई छोरीलाई धर्मपुत्री बनाएकी छिन् । उनको हालैको वेब सिरिज आर्य ले निकै तारिफ बटुलेको छ ।