अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले बिहीबार चीनसँग माफी मागेको छ ।
माफी माग्नुको कारण भनेको कम्पनीले जारी गरेको पत्र हो, जसमा उसले आफ्नो आपूर्तिकर्ताहरुलाई चीनको सिनजियाङ क्षेत्रबाट सामान र कामदारहरु नमगाउन भनेका थिए । "हाम्रो आपूर्ति श्रृंखलाले सिनजियाङ क्षेत्रबाट कुनैपनि वस्तु वा सेवाहरु प्रयोग गर्दैन भन्ने सुनिश्चित गर्न महत्वपूर्ण छ," इन्टेलले यस महिनाको बार्षिक पत्रमा आपूर्तिकर्ताहरुलाई उक्त कुरा भनेका थिए । कमपनीेले सिनजियाङ क्षेत्रमा धेरै देशका सरकारहरु द्धारा लगाएको प्रतिबन्ध पछि यो निर्णय लिइएको बताएको छ ।
उक्त पत्र कम्पनीको वेबसाइटमा विभिन्न भाषामा राखिएको छ । उक्त निर्णयको चिनियाँ सरकारले आलोचना गरेका थिए साथै सामाजिक सञ्जालमा पनि निकै आलोचना भएको थियो । यसअघि अमेरिकाले चीनले सिनजियाङ क्षेत्रमा ठूलो मात्रामा मानअधिकार उल्लंघन गरेको आरोप लगाएका थिए ।
चीनले लामो समयदेखि यसक्षेत्रका विगार मुस्लिमहरुलाई यातना र जबरजस्ती श्रम गरेको आरोप लगाउँदै आएको छ । पश्चिमका अन्य देशहरुले पनि यस्तै आरोप लगाएका छन् । यी देशहरुले उत्पीडनबाट भागेका सयौँ विगार मुस्लिमहरुलाई पनि आश्रय दिएका छन् । तर, चीनले भने यी आरोपहरु अस्वीकार गर्दै आएको छ ।