नेकपा माओवादी केन्द्रको आइतबारदेखि काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनअघि स्थायी कमिटी बैठक आज बस्दैछ ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको छ ।राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुँदैछ ।नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । यसपटकको राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने माओवादीले जनाएको छ ।