दुई अलग ध्रुवबाट एकत्रित भएका उपेन्द्र यादव र डा.बाबुराम भट्टराईबिच अचानक भएको एकिकरण धरापमा परेको संकेत देखिएको छ ।
वैकल्पिक शक्तिको बनाउने उद्धघोसका सांथ स्थापना भएको पार्टीभित्र बर्चस्वको लडाईले अहिले फुटको अवस्था सिर्जना भएको छ ।
केपि शर्मा ओलिको सरकार ढालेर शेरबहादुर देउवाको सरकार बनाउन संर्वोच्चले दिएको परमादेशपछी गठित सरकारमा जनता समाजवादी पार्टीका तर्फबाट मन्त्री पठाउन पार्टीले तीन सदस्यीय समिति बनाएको थियो ।
अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई सम्मिलित टोलीले सरकारमा पठाउने ४ जनाको मन्त्रीको नाम टुंगो लगाउने जिम्मेवारी पाएका थिए ।
पटक–पटकको छलफलपछी मन्त्रीहरुको नाम टुंगो लाग्यो, तर शपथ लिनेबेलामा उपेन्द्र यादवले एकलौटी रुपमा मन्त्रीहरुको नाम पठाए ।
हुनत उपेन्द्र आफै मन्त्री बन्न चाहेपछी भट्टराईलेनै भिट्टो पावर प्रयोग गरी उनलाई रोकेको कुरा पार्टीभित्र छरपष्ट छ ।
यादवको एकलौटी निर्णय बिरुद्ध पार्टीकै नेता कार्यकर्ताहरु तिब्र बिरोध गरे । स्वयम उपेन्द्र पुत्र अमरेन्द्र यादवले पनी निर्णयको आलोचना गरे ।
मन्त्रीहरुको छनौट गरेर गोरखा पुगेका भट्टराईलाई उपेन्द्रको एकलौटी निर्णयले झस्कायो र त्यहीबेलादेखी मनमुटाव शुरु भएको जसपाका नेताहरु बताउँछन् ।
विवाद यतिसम्म आईपुग्यो कि यादव र भट्टराई फेस टु फेस हुँदा औपचारीक संवाद बाहेक कुराकानी समेत गर्दैनन् ।
सरकारमा सहभागी हुनु अगाडी सधैंझैं मञ्च साझा गर्ने दुबै नेतादय अहिले बिरलै भेटने गरेका छन् ।
हुनत जसपामा भएको बेला महन्थ ठाकुर र राजेन्द्र महतोहरुको समुहलाई अपमानित शब्द प्रयोग गरेर पार्टी फोड्न भट्टराईले नै उस्काएको समेत चर्चा हुने गरेको छ ।
‘भेडाहरुले आफ्नो बथान लिएर गए पार्टीलाई असर नपर्ने’ भट्टराईको बयानले महन्थ–राजेन्द्रहरु बिरक्तिएको कुरापनी चारैतिर चर्चाको बिषय छ ।
माओवादीबाट प्रधानमन्त्री समेत भईसकेका भट्टराई व्यक्तिगत महत्वकांक्षा र हिन्दुधर्म बिरोधी भएको समेत आरोप लाग्ने गरेको छ ।
यता पार्टीस्थापना भएदेखी एकलतन्त्र चलाउन खोज्ने उपेन्द्र यादवले जातिय राजनिति तथा एकल हैकमवाद चलाउने गरेको आरोप लगांदै दैनिकझै ठुला नेताहरु पार्टी त्याग गरिरहेका छन् ।
प्रदेश २ को केही जिल्लालाई भोट ब्यांक बनाएका उपेन्द्रको जनाधार दिनप्रतिदिन खस्किदै गएको मधेसबारे जानकारी राख्ने विज्ञहरु बताउंछन् ।
पुर्वि नेपालको ३–४ सिट बाहेक बढि सिट जित्न नसक्ने तथा पश्चिम नेपालमा निल जस्तै भएको जसपा आगामी चुनावपछी नारायणमान बिजुक्छेको नेमकिपा जस्तै हुने समेत जानकारहरुको आंकलन छ ।
कतिले त उपेन्द्रको घट्दो जनमत लाई कांकलन गरेर भट्टाई उनिबाट अनगभई पुनः माउपार्टी नेकपा (माओवादी केन्द्र) मै फर्किन लागेको समेत बताउंछन् ।
यसरी दुबै नेताहरुको व्यक्तिगत महत्वकांक्षाको राजनिति एक ठाउंमा नचलेर पुनः उपेन्द्र यादव एक्लिने संभावना प्रचुर देखिन्छ ।