सरकारले शनिबार पुस १० गते सार्वजनिक बिदा दिएको छ ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले शनिबार क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।
तर, क्रिसमस डेमा शनिबार परेको छ ।
क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्षमा डिसेम्बर २५ मा हरेक वर्ष मनाउने गरेका छन् ।
यसअघि सरकारले क्रिसमस डेका अवसरमा सम्बन्धित धर्मालम्बीहरूलाई मात्रै सार्वजनिक बिदा दिने गरेको थियो । तर, क्रिश्चियन धर्मालम्बीले सार्वजनिक बिदाको माग गर्दै आइरहेका थिए ।
उनीहरुको मागअनुसार यसपटक क्रिसमस डे शनिबार परेपनि सार्वजनिक बिदा दिएको सरकारका प्रवक्ता कार्कीले बताए ।