नेकपा एमालेले प्रदेश २ मा जारी प्रदेशसभाको बैठकमा आफ्नो अलग्गै नाम तथा राजधानी प्रस्ताव गर्ने भएको छ ।
एमालेले अन्य दलहरुको ईत्तर प्रदेश २ को नाम जनक प्रदेश र राजधानी जनकपुर राख्ने प्रस्ताव प्रदेशसभामा पेश गर्ने जानकारी प्राप्त भएको हो ।
अध्यक्ष केपि ओलिको पर्सा जिल्लामा कार्यक्रमका भएका कारण प्रदेशसभाको विहिवारको बैठकमा अनुपस्थित रहेका एमालेका प्रस्तावकले आज नाम तथा राजधानी प्रस्ताव गर्ने प्रदेशसभाको कार्यसुची रहेको छ ।
एमालेकी प्रदेश सांसद शारदा थापाले प्रदेश २ को नाम जनक प्रदेश र राजधानी जनकपुर राख्ने प्रस्ताव पेश गर्ने एमाले श्रोतले जनाएको छ ।
यसअघी सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) ले प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर राख्ने प्रस्ताव गरेको छ ।
सरकारको घटक नेकपा माओवादी केन्द्रले समेत सोही नाम तथा राजधानीको प्रस्ताव गरेको छ ।
प्रमुख प्रतिपक्षी दल लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) समेत मधेश प्रदेशकै पक्षमा रहेको छ ।
यता सत्ताको अर्को घटक नेपाली कांग्रेसले मिथिला भोजपुरा प्रदेश प्रस्ताव गरेको छ भने नेकपा एकिकृत समाजवादीले प्रदेशको नाम जानकी प्रदेश प्रस्ताव गरेको छ ।