श्रोत नखुलेको लाखौं नेपाली रुपैयाँ सहित एक भारतिय लाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराको टोलीले सिमावर्ती कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वा एरियाबाट १६ लाख नेपाली रुपैयाँ सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी उमेश थापाले जनाए ।
सिमा क्षेत्रमा निगरानिको क्रममा शंकास्पद लागेपछी खोजतलाश गर्दा मोटरसाईकल सवार भारत बिहारको मोतिहारी जिल्लाका ३० वर्षिय रंदेश कुशवाहालाई उक्त श्रोत नखुलेको रकम सहित प्रहरीले पक्राउ गरेको हो ।
कुशवाहाले उक्त रकम हेल्मेट तथा प्यान्टको पकेटमा राखेर भारततर्फ जानलागेको अवस्थामा प्रहरीले पक्राउ गरेको डिएसपी थापाले जनाए ।
रकमको श्रोत देखाउन नसक्दा कुशवाहालाई बैंक तथा बित्तिय संस्था सम्बन्धि कसुरमा मुद्दा चलाएर बारा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसंधान गरिरहेको थापाले बताए ।