आगामी माघ १२ हुन लागेको राष्ट्रिय सभाको रिक्त १९ सदस्य निर्वाचनमा २ हजार २५ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार निर्वाचनमा स्थानीय तहका १ हजार ४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ जना मतदाता रहनेछन् ।मतदानको लागि ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको को आयोगले जनाएको छ ।
साथै, निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्मका लागि तोकिएको छ ।शुक्रबारसम्म सत्तारुढ दललगायत दलहरुले निर्वाचनमा भाग लिन दल दर्ता गरेका छन् ।
जसअन्तर्गत माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी (जसपा) र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी रहेका छन् ।
नेपाली कांग्रेस, लोकतन्त्रिक समाजवादी पार्टी र राप्रपाले शनिबार दर्ता गर्ने भनेको आयोगले जनाएको छ । दल दर्तासँगै पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।