प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आइतबार देशव्यापी रूपमा मनाइँदै छ । २०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई एक सय रुपियाँ प्रदान गरेको दिनलाई स्मरण गर्दै आइतबार प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो ।
गत २०७७ पुस १० गते बसेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको थियो । यस वर्षको दिवसको नारा “सभ्य नागरिकको पहिचान स् ज्येष्ठ नागरिकको सम्मान” भन्ने तय गरिएको छ ।
हरेक वर्ष अक्टोबर १ तारिखमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपाललगायत अन्य मुलुकले मनाउँदै आएका छन् । अहिले नेपाल र विश्वमै बढ्दै गइरहेको ज्येष्ठ नागरिकको सङ्ख्यालाई उचित व्यवस्थापन र सहज बनाउने