सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ भिड्ने भएका छन् ।
शनिबार फाप्ला क्रिकेट मैदानमा भएको सेमिफाईनलमा जित हासिल गर्दै दुबै टोली उपाधिका लागि आज भिड्ने भएका हुन् । पहिलो सेमिफाईनलमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको हो भने एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गरेको हो ।
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भईरहेको प्रतियोगिताको फाईनल आईतबार हुनेछ । फाईनलमा उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।