प्रहरीले किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले सिराहामा आजको लागी घोषणा गरेको आमहड्तालको क्रममा प्रहरी र आन्दोलनकारी बिच भरडप भएको छ ।
मिर्चैयामा हडताल उलंघन गरेको आरोपमा आन्दोलनकारीहरुले आधा दर्जन गाडीमा तोडफोड समेत गरेका छन् ।
हडतालको क्रममा प्रदर्शनकारस्हरु उग्र बनेपछी प्रहरीले ७ राउण्ड अंश्रुग्यास प्रहार गरेर भिडलाई तितरबितर पारेको छ भने ठाउँठाउँमा झडपहरु भईरहेको छ ।
गत साता सिराहाकै औरही गाउँपालिकाले किसानलाई वितरण गर्न राखेको गहुँको बिउ बितरण गर्न ढिलाई गरेको भन्दै भण्डारण गरीएको बिउ किसानहरुले खोसेर लगेका थिए ।
गहुँको बिउ लुटेको आरोपमा प्रहरीले किसानहरुलाई पक्राउ गरेपछि डा.सीके राउत नेतृत्वको जनमत पाटीर्ले आन्दोलन गर्दै आज सिरुाहा बन्दको आह्वान गरेको हो । किसानहरुले स्थानिय स्वास्थ्य चौकीमा भण्डारण गरिएको बिउ पुस २ गते खोसेर लगेका थिए ।
सिराहा प्रहरीले गहुँ लुटेको आरोपमा चारजना किसान विरुद्ध मुद्दा दायर गरेको छ भने एक जनालाई पक्राउ गरेको छ ।
खेतिपातीको बेला बिउ बिजन उपलब्ध नगराई जमाखोरी गरिराखेको बिउ किसानले खोस्दा प्रशासनले मुद्दा चलाउनु किसान बिरोधी क्रियाकलाप भएको भन्दै जनमत पार्टीले औराही गाउँपालिकामा तालाबन्दी गरेर प्रदर्शन गरेको थियो ।
प्रदर्शनका वावजुद पनी प्रशासनले किसानहरुलाई रिहाई नगरेको भन्दै आज एकदिन सिराहा बन्दको आह्वान गरिएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए ।