नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटन सुरु भएको छ ।
शनिबार बसेको स्थायी समितिको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको थियो । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशन उद्घाटन समारोहलाई पार्टी अध्यक्ष प्रचण्डसँगै प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा (एमाले), जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निम्तो गरिएको छ ।