किसानी पेशा गर्ने कृषकहरु मल तथा बिउ नपाएर त्राहिमाम गरिरहेका छन, स्थानिय निकायले बितरण गर्न किनेको बिउ–मल जमाखोरी गर्न खोज्दा किसानबाट खोसिन थालिएका छन, तर देशको कृषिमन्त्री एनजिओहरुको भत्ता पचाउन देश दौडाहामा छन् ।
सरकारको अदुरदर्सिताका कारण किसानले मलखाद्द पाएका छैनन, उत्पादन गरेको कृषिवस्तुको बजार नपाएर समस्यामा छन तर त्यसको समाधान खोज्ने कृषि मन्त्रालय कुम्भकरणको निन्द्रामा सुतेको छ ।
आफुलाई कृषक भन्ने देशका कृषिमन्त्रीनै लापरवाह हुंदा मारमा परेका कृषकले कसलाई गुहार्ने भन्ने प्रश्नचिन्ह खडा भएको छ ।
जनताको अधिकारका लागि भनेर आन्दोलन गरेर सरकारमा आएका जनता समाजवादी पार्टी (जसपा) का नेतासमेत रहेका महेन्द्रराय यादवले किसानको समस्यामा पैजामा ओढाईदिएका हुन् । उनी समस्याको बेलामा एनजीओको भत्ता पचाउँन देशभरीको भ्रमण गरिरहेका छन् ।
मुख्यतः मधेसका किसानहरु अहिले मर्कामा परेका बेला मधेसबाटै उदाएका नेता यादव मन्त्री बनेपछि मधेशकै किसानलाई चटक्क बिर्सिएका हुन ।
आज सिराहामा जमाखोरी गरिएको बिउ खोसेर लग्दा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएपछी त्यहंँका किसान आन्दोलनमा छन् ।
सरकारले मल तथा बिउबिजनको व्यवस्था नगर्दा किसानी पेशाबाट परेसान बनेका किसानलाई राहत दिनुपर्नेमा अझै मुद्दा चलाईएपछी जनमत पार्टीको आह्वानमा सिराहा जिल्ला बन्द समेत गरिएको छ ।
हड्तालका कारण पूर्वपश्चिम महेन्द्र राजमार्गको सिरहा खण्ड बिहानैदेखि अबरूद्ध छन भने साथै मिर्चैया आसपासका बजारहरु बन्द छन् ।
किसानहरु दिनदिनै आन्दोलित भइरहेका बेला कृषिमन्त्री यादव भने एनजीओ आईएनजिओका कार्यक्रममा भाषण गर्दै भत्ता पचाउँदै हिँडिरहेका छन् ।
बुधवार एक्सन एड नेपाल, वल्र्ड भिजन, यूकेएड, फियान, केयर र युरोपियन युनियनलगायतले जनकपुरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादव पुगेका थिए ।
कार्यक्रमको नाम किसान भेला दिइए पनि किसानका नेता तथा एनजीओकर्मीहरुको बोलवाला थियो । मंगलबार नेपाल पारा भेटनरी एण्ड लाइभ स्टक एशोसिएशनले आयोजना गरेको कार्यक्रममा समेत मन्त्री यादव सहभागी थिए ।
जनमुखि योजना ल्याएर किसानहरुलाई राहत दिनुभन्दापनी मन्त्री यादव एनजिओका कार्यक्रममा बढी रुची देखाउने गरेको उनकै मन्त्रालयका कर्मचारी बताउंछन् ।
यहांसम्मकी उनको भत्ता मोहले मन्त्रालयको काम समेत प्रभावित भएको कर्मचारी बताउंछन् ।