प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा शंका नगर्न सबैलाई अनुरोध गरेका छन् । आइतबार नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले गठबन्धन कसैको बर्खिलापमा नबनेको भन्दै शंका नगर्न अनुरोध गरे । ‘अहिलेको गठबन्धन कसैको विरुद्धमा बनेको होइन । अहिलेको संविधानबाट संसद् बीचमा भंग नहोस् । संविधान अनुसार संसद चलोस् भन्ने पुनित लक्ष्यका साथ बनेको हो’, प्रधानमन्त्री देउवाले भने, ‘यो संविधानका साथसाथै संसद् बचाउने गठबन्धन हो । गठबन्धनमा कसैले शंका नगरे हुन्छ ।
प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाति भएको सुनेको भन्दै सबैलाई पढ्न अनुरोध गरे । आफू देशको प्रधानमन्त्री भएकाले राष्ट्रको खिलापमा लाउला र भन्ने प्रश्न गर्दै उनले एमसीसी सम्झौता पढ्न सुझाव दिए ।
‘म राष्ट्रको प्रधानमन्त्री हुँ, म राष्ट्रको खिलापमा जाउला र रु’, उनले भने ‘ एक पटक एमसिसी पढ्नुहोस् ।’ माओवादीको महाधिवेशन महत्वपूर्ण समयमा भएको भन्दै प्रधानमन्त्री देउवाले खुशी व्यक्त गरे ।