नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले पार्टीको आठौं महाधिवेशन औपचारिक कर्मकाण्ड नभएको बताएका छन् । आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।
नयाँ क्रान्तिकारी पार्टी निर्माणको आधार निर्माण गर्न महाधिवेशन भइराखेको उनको भनाइ छ । ‘महाधिवेशन औपचारिक कर्मकाण्ड होइन । नयाँ भने, ‘हामी नेपाली समाजको आवश्यकतालाई सम्बोधन गर्नेगरी महाधिवेशन गर्न गइराखेका छौँ । महाधिवेशनबाट हाम्रो पार्टीलाई विचार निर्माणमा अगाडि बढाउँछौँ ।’
उनले नेपाल बदल्न राजनीतिक पार्टी र नेता बदलिनुपर्नेमा जोड दिनुभयो । नेता श्रेष्ठले नेता बदलिए मात्र सामाजिक आर्थिक उपलब्धि प्राप्त गर्न सकिने उल्लेख गरे ।