भारतको राजधानी दिल्लीमा रात्रि कर्फ्यु लगाउने निर्णय गरेको छ । त्यहाँको सरकारले तीव्र गतिमा बढ्दै गएको कोरोना संक्रमितलाई मध्यनजर गर्दै सो निर्णय गरेको हो ।
सोमबारदेखि दिल्लीमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइने जनाइएको छ । यस सम्बन्धमा सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
कोरोनाको सम्भावित तेस्रो लहरलाई जित्न सरकारले रात्रि कर्फ्युसहित अन्य धेरै बन्देज लगाउने निर्णय गरेको भारतीय अधिकारीहरुले बताएका छन् ।
कोरोना नियम उल्लङ्घन गर्नेलाई कडाइका साथ कारबाही गर्न सरकारको तर्फबाट पदाधिकारीलाई स्पष्ट आदेश दिइएको छ। सरकारले नयाँ वर्ष मनाउन पनि प्रतिबन्ध लगाएको छ ।
बजारमा भीड नियन्त्रण गर्न जोर बिजोर प्रणाली लागु गर्ने भएको छ । दिल्लीको सरोजिनी नगरमा पसलहरु ओड इभेनको आधारमा खुलिरहेको बताइएको छ ।