कैलालीमा दुई जना झुन्डिएको अवस्थामा मृत फेला परेका छन । जिल्लाको गौरीगंगाका वडा नं. ३ जुनेली शिविरकी १६ वर्षिया सञ्जु चौधरी र सोही ठाउँका १९ वर्षिय मायाराम चौधरी मृत फेला परेका हुन ।
आइतबार साँझ सञ्जू आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कार्यालयका प्रवत्ता प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीका अनुसार सञ्जु मृत फेला परेको १५ मिनेट पछि २०० मिटर टाढा रुखमा झुन्डिएको अवस्थामा मायारामको शव फेला परेको हो ।
दुवैको मृत्यु बारे अनुसान्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता जोशीले जानकारी दिए ।