विश्वका धेरै देशमा कोरोना संक्रमणका कारण अवस्था निकै नाजुक बनेको छ । खासगरी युरोपेली देशहरुमा अवस्था झन् खराब हुँदै गइरहेको छ ।
ब्रिटेनसँगै फ्रान्समा पनि कोरोनाको नयाँ लहर देखिएको छ । फ्रान्समा शनिबार एकै दिनमा रेकर्ड एक लाख ४ हजार ६ सय ११ नयाँ कोरोना संक्रमित भेटिएका थिए । समाचार एजेन्सी पीटिआईका अनुसार वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा आइतवारदेखि नयाँ कडा प्रतिबन्ध लागू गरीएको छ ।
सोमबारदेखि तीन साताका लागि नाइटक्लबहरु बन्द हुनेछन् । उत्तरी आयरल्याण्डमा पनि नाइटक्लबहरु बन्द गरिएको छ । इनडोर स्ट्यान्डिङ कार्यक्रम र नृत्य प्रतिबन्धित गरिनेछ । चीनमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । चीनमा एकै दिनमा २०६ नयाँ कोरोना संक्रमित भेटिएका छन्, जसमध्ये १ सय ५८ स्थानीय संक्रमित छन् ।